site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा 

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उमेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उमेदवार कमला ह्यारिससँग राष्ट्रपतिको चुनावी बहस नगर्ने घोषणा गरेका छन् । 

ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आए पनि अस्वीकार गरेको आरोप लगाएका छन् । 

ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएकी छन् । बहस पर्यवेक्षकहरूको सीएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ ।

फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् । पाँचजनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro