अर्थ व्यवसाय
काठमाडौं । हाथवेइन्भेस्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्