site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताए । पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष भएको पनि उल्लेख गरे । राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएको उल्लेख गरे । कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दाबी गरे ।

पूर्वाधार भौतिक संरचना मात्र नभइ अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको बताए । नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro