site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामको दाबी : जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना हो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन् ।

बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए ।

उनले सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य विस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला, बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएको उल्लेख गरे । जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको पनि उनको भनाइ थियो ।

उनले भने, "जनयुद्ध भनेको नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना हो । नेपाली भुईं तहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसाबले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपालका सबै तह र तप्काका महिला तथा बालबालिका राज्य निर्माणमा सहभागी भएका थिए । कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो । त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ । समाजमा ठिक र बेठिकको लडाइँ निकै चल्छ । तपाईंहरूले यसको मूल्यांकन गर्ने हो ।"

अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro