site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनादेखि खाद्य व्यवस्थाका कर्मचारीले पाएनन् तलब

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना सकिन लाग्दा यो सरकारी कम्पनीका कर्मचारीले साउनको तलब पाएका छैनन् ।

कम्पनीको सञ्चालक समितिको बैठक समयमा बस्न नसक्दा कर्मचारीहरू तलब नलिई काम गरिरहेका छन् ।

दसैँ नजिकिँदै जाँदा सहुलियत पसल सञ्चालन गर्नुपर्नेदेखि खसी तथा च्यांग्रा खरिद गर्ने कार्य बजेट पास नभएर अगाडि बढ्न नसकेको स्रोतको भनाइ छ ।

सरकार परिवर्तन भएसँगै सचिव फेर्ने प्रवृत्तिले यो कम्पनीको नियमित काममा प्रभाव परेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार बनेको दुई महिना भएको छ । सरकार परिवर्तन भएसँगै सचिव पनि फेरिए ।

अहिले वाणिज्य सचिवमा मधु सुदन बुर्लाकोटी छन् । उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अध्यक्ष हुन् । उनी अध्यक्ष नियुक्त भए पनि कम्पनी सञ्चालक समितिको बैठक बसेको छैन ।

साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले रमेश आचार्यलाई कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो । महाप्रबन्धक नियुक्त भएको एक महिना बितिसक्दा पनि आचार्यले बोर्ड बैठक राख्न सकेका छैनन् ।

कम्पनीका एक उच्च कर्मचारीका अनुसार गत वर्षको बजेटबाट २० प्रतिशत रकम तलब खुवाउन नयाँ बजेट पास नभएसम्म बोर्डबाट निर्णय गराउन सक्ने व्यवस्था छ । तर, नयाँ महाप्रबन्धक आचार्यले यस विषयमा पहल गर्न सकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro