site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हवाई रुटको विषयमा भारतीय समकक्षीसँग उड्डयनमन्त्री पाण्डेको छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरहरूबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा यस विषयमा छलफल गरेका हुन् ।

भेटमा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको जानकारी गराएका थिए । उनले भारतका विभिन्न सहरबाट नेपाली सहरहरूमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे ।

भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग पाण्डेले आग्रह गरे ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरूबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक साझेदारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जनसहित पुन: नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

साइडलाइन बैठकका क्रममा आईकाओ दुईपक्षीय, क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरूसँगको बेग्लाबेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा सुरु गरेका नीतिगत सुधारलगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराए ।

यसैगरी, मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेटेर दुईदेशबीच नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संशाधन विकासलगायत विषयमा थप सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल गरे ।

यी भेटघाटका क्रममा भियतनामबाट जापान र कोरिया लगायतका देशबाट नेपालमा सिधै हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रबन्ध गरेको कुरा मन्त्री पाण्डेले जानकारी गराए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro