अर्थ व्यवसाय
काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एएलवाई (अन्नपूर्ण) विमान सी–चेक (पूर्णपरीक्षण)पछि नेपाल अवतरण भएको छ ।
इटालीमा सी–चेक गरिएको विमानले बिहीबार बिहान ८ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ ।
इटालीको मेन्टिनेन्स एन्ड ओभरअल अर्गनाइजेसन (एमआरओ) कम्पनी एटिटेकले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकपछि सर्टिफिकेट अफ रिलिज टू सर्भिस (सीआरएस) प्रदान गरेको निगमले जनाएको छ ।
उक्त विमानले जापानमा उडान भर्ने निगमको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्