राजनीति
काठमाडौं । युरोपेली मुलुक स्पेनका निम्ति राजदूतमा सिफारिस सनिल नेपालको संसदीय सुनुवाइ जारी छ । सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहीबार उनको सुनुवाइ भइरहेको हो ।
सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो । तीमध्ये केही प्रस्तावित राजदूतको यसअघि सुनुवाइ भइसकेको छ ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्