site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ रुपैयाँमा बन्छ त पोषणयुक्त खाजा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आइतबार : चना र चिउरा
सोमबार : जाउलो
मंगलबार : अन्डा, तरकारी र चिउरा
बुधबार : हलुवा
बिहीबार : तरकारी र चिउरा
शुक्रबार : मकै र भटमास ।

सिन्धुपाल्चोकस्थित भूमेश्वरी माध्यमिक विद्यालयको दिवा खाजा कार्यक्रमको दैनिक तालिका हो यो । सरकारले देशभरका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेपछि यसरी तालिका बनाइएको छ ।

सरकारले कार्यक्रम लागु गरेदेखि विद्यार्थीलाई यसरी खाजा खुवाउन थालिएको हो । प्रारम्भिक बाल विकासदेखि कक्षा–५ सम्मका विद्यार्थीका निम्ति सरकारले दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँका दरले रकम उपलब्ध गराउँछ । भूमेश्वरीमा ६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई हेलम्बु गाउँपालिकाले सहयोग गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रम लागु भएको सुरुसुरुमा विद्यालयलाई खाजाको व्यवस्थापन गर्न निकै गाह्रो भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतीको अनुभव छ । “सुरुसुरुमा झन्झट मान्थ्यौँ । १५ रुपैयाँले खाजा खुवाउनुपर्थ्यो । कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल हुन्थ्यो,” उनले भने, “पछि गाउँपालिकाले कक्षा–६ देखिका विद्यार्थीलाई पनि खाजा खुवाउन रकम दिन थालेपछि केही सहज हुन थाल्यो ।”

विद्यालयमा हाल २८६ विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीलाई विद्यालयमा नै खाजा बनाएर खुवाउने गरिएको छ । खाजा बनाउन विद्यालय व्यवस्थापनले सहयोगी राखेको छ । तालिकाअनुसार प्रत्येक दिन दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय छुट्ट्याइएकोे छ ।

Royal Enfield Island Ad

खाजा पोषणयुक्त बनाउन अन्डा, मासु समेत दिने गरिएको विद्यालयका प्रधानाध्यपक जोतीले बताए । “महिनाको एकपटक मासुलगायत दिने गरेका छौँ । चाडपर्वमा सोहीअनुसारको खाजा पनि खुवाउँछौँ,” उनले भने, “सकेसम्म पोषणयुक्त खानेकुरा विद्यार्थीले पाओस् भन्ने हो, तर १५ रुपैयाँमा कति पो सम्भव होला । यस्ता खानेकुरा नियमित खुवाउन बजेटले पुग्दैन ।”

एउटै विद्यालयका केहीलाई खाजा दिने र अरूलाई नदिने भन्न नसकिने भएर सबै विद्यार्थीलाई दिइएको हेलम्बु गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनध्वज लामाले बताए । “अनुगमनका क्रममा केही विद्यार्थी खाजाकै लागि विद्यालय आउने गरेका पनि रहेछन्,” लामाले भने, “त्यसैले सबै विद्यार्थीले खाजा खान पाऊन् भनेर सरकारले दिनेभन्दा बाहेकका विद्यार्थीलाई पनि खाजाका लागि सहयोग गरेका हौँ ।”

हेलम्बुले पालिकाभरका ३३ विद्यालयका विद्यार्थीलाई संघीय सरकारले दिनेजस्तै गरेर खाजाका लागि रकम छुट्ट्याउने गरेको छ । “कार्यविधिअनुसार १५ रुपैयाँमा पोषणयुक्त मात्रा मिलाएर खाजा दिने भनिएको छ । अनुगमनका क्रममा खाजै खानका लागि विद्यार्थीहरू बिहानै विद्यालय आउने गरेको पनि भेटियो,” उनले भने, “त्यसैले सबै विद्यार्थीका लागि व्यवस्था गरेका हौँ ।”

यता, धादिङको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा पनि खाजाको तालिका बनाइएको छ । यो विद्यालयले हप्तामा पाँच दिन (आइतबारदेखि बिहीबार) विद्यार्थीलाई खाजा खुवाउँछ । शुक्रबार हाफ छुट्टी हुने भएकाले त्यस दिनको रकम अरू दिनमा मिसाइने गरेको प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।

“खाजाको रकम हप्ताको ६ दिनकै आउँछ, तर शुक्रबार छिट्टै घर जाने भएकाले त्यस दिनको रकम अन्य दिनमा मिसाउँछौँ,” प्रधानाध्यापक अधिकारीले भने, “ताकि अन्य दिनमा विद्यार्थीले पेटभरि खान पाओस् ।”

नीलकण्ठले कक्षा–५ सम्मका ८०० विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएको छ । बजारबाट किनेर ल्याएको तयारी खानेकुरा खुवाइँदैन, सकेसम्म पोषणको मात्रा मिलाएर विद्यालयमा नै बनाइन्छ ।

सरकारले दैनिक प्रतिविद्यार्थीका निम्ति छुट्ट्याएको १५ रुपैयाँमा पोषणयुक्त खाजाको मापदण्ड बनाइएको छ । हरेक विद्यालयले स्थानीयस्तरमा उपलब्ध साधनस्रोतको उपयोग गरी उक्त मापदण्डअनुसार क्यालोरी, प्रोटिन, फ्याट, आयोडिन, आइरन, जिंक र भिटामिन ‘ए’ मिलाएर खाजा तयार गर्नुपर्ने व्यवस्था छ ।

१५ रुपैयाँमा पोषणयुक्त खाजा बनाउन सकिन्छ ? बाह्रखरीको प्रश्नमा अधिकारी भन्छन्, “महँगी बढेको छ, १५ रुपैयाँले खाजा त खुवाउन सकिएला, तर पोषणयुक्त खाजा भने खुवाउन नसकिने स्थिति छ । यसतर्फ सरकारको ध्यान जाओस् ।”

मापदण्डअनुसार दिवा खाजा कार्यक्रम सञ्चालन गरिए विद्यार्थी नियमित स्कुल आउने र कुपोषण पनि केही हदसम्म नियन्त्रण हुन सहयोग पुग्ने शिक्षकहरूको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल खाजाबापतको रकम थोरै भएको भन्ने गुनासो आउने गरेको बताउँछन् । रकम थप्ने विषयमा छलफल गरिने उनले उल्लेख गरे ।

पढाइमा सहयोग पुगेको छ ?
केही विद्यार्थी खाली पेट विद्यालय आउँछन् । घरमा खानेकुरा हुँदैन, बनाइँदैन । अभिभावकले पर्याप्त खानेकुरा दिन नसक्ने अवस्था पनि छ । अनि, विद्यार्थी बिहानै विद्यालय आउने गरेका भूमेश्वरीका प्रधानाध्यापक जोतीले बताए ।

“आर्थिक अवस्था कमजोरलगायत विविध कारणले कोहीकोही विद्यार्थी घरमा खाना नै नखाई आउने गरेका छन्,” उनले भने, “विद्यालयमा नै खाजाको व्यवस्था हुँदा पढाइप्रति आकर्षित पनि हुने भयो । अर्को कुरा, बीचमा नै पढाइ छाडेर जानेहरू पनि रोकिए ।” विद्यालयले केही विद्यार्थीलाई घरमा समेत खाजा पठाउने गरेको जोतीले बताए ।

कसरी सम्भव भयो विद्यालयमा बनाउन ?
नीलकण्ठ बालमन्दिर विद्यालयले सुरुका दुई–तीन वर्ष झन्झटिलो भन्दै यसको जिम्मा अभिभावकलाई नै दिएको थियो । सरकारले अभिभावकलाई खाजाको रकम नदिन भनेपछि विद्यालयले नै जिम्मा लियो ।

त्यसपछि शिक्षक–अभिभावकबीच छलफल भयो । विद्यालयमा खाजाको व्यवस्थापन गर्न शिक्षकको संयोजकत्वमा समिति गठन गरियो । समितिले विद्यार्थी संख्याका आधारमा दैनिक खुवाउने खाजा, पोषणको मात्रा र खर्चको हिसाब राख्न थाल्यो ।

३५ सय विद्यार्थी अध्ययनरत नीलकण्ठमा कक्षा–५ सम्मका ८०० विद्यार्थीलाई खाजा बनाएर खुवाउन त्यति सहज थिएन । रकम पनि पर्याप्त थिएन । तर, बनाएर खुवाउनुपर्ने बाध्यता थियो ।

सबै विद्यार्थीका लागि प्राप्त रकमले एकमुस्ट सामग्री ल्याएर विद्यालयमा नै खाजा बनाउन थालियो । विद्यालयले पनि खाजाका निम्ति रकम हाल्ने भएकाले सहज भएको प्रधानाध्यापक अधिकारी सुनाउँछन् ।

efasdgg-1726117670.jpg
के भन्छ विद्यालय व्यवस्थापन ?
देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा–५ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ । धेरै संख्यामा विद्यार्थी भएका विद्यालयमा त्यति रकमले ठूलो समस्या नहुन सक्छ । थोरै विद्यार्थी भएका विद्यालयले पुर्‍याउन सक्दैनन् । विद्यार्थीले पनि अघाउने गरी खान नपाउने गरेको शिक्षकहरूको भनाइ छ ।

सरकारले दिइरहेको रकम (१५ रुपैयाँ)मा १५ रुपैयाँ थपिदिँदा ठूलो संख्यामा विद्यार्थी अध्ययनरत विद्यालयमा केही सहज हुने नीलकण्ठका प्रधानाध्यापक अधिकारी बताउँछन् । “धेरै संख्यामा विद्यार्थी भएको विद्यालयमा थप १५ रुपैयाँ थपिदिए पोषणयुक्त र अघाउने गरी पुग्थ्यो,” उनले भने, “थोरै संख्या भएको विद्यालयमा त्यसले पनि अपुग हुन्छ । त्यस्ता विद्यालयमा कम्तीमा पनि ५० रुपैयाँ प्रदान गर्न सके सहजै पुथ्यो ।”

नीलकण्ठले सरकारले दिनेबाहेक वर्षमा डेढदेखि दुई लाख रुपैयाँसम्म खाजाका लागि छुट्ट्याउने गरेको छ । “विद्यालयमा खाजा खाइसकेपछि विद्यार्थी अघाओस् र पढाइप्रति ध्यान जान सकोस्, भोको पेट नहोस्,” उनले भने, “त्यसैले सरकारले दिने रकममा विद्यालयले थपेर खाजा खुवाइरहेका छौँ ।”

घटेन जंकफुड खाने विद्यार्थी संख्या
बालबालिकालाई कुषोषणबाट जोगाउन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा सञ्चालन गरिएको हो । तर, यो कार्यक्रम सबै सामुदायिक विद्यालयमा प्रभावकारी हुन सकेको छैन । विद्यालयले खुवाएको खाजाले नपुग्ने भन्दै विद्यार्थी छेउछाउका पसलमा गएर जंकफुड किनेर खाने गरेको शिक्षकहरू सुनाउँछन् ।

“चाउचाउको विकल्प खोज्न सकिएको छैन, रैथाने खाजा विद्यार्थीलाई मन पर्दैन, चाउचाउ नै रोज्छन् । विद्यार्थीले बढी रुचाउने, अनि बेच्नेलाई पनि सजिलो हुने,” प्रधानाध्यापक अधिकारी भन्छन् ।

विकल्पबारे विद्यालयमा बहस नगरिएको भने होइन । पटकपटक शिक्षक र अभिभावकबीच छलफल गरिएको छ । विद्यार्थीलाई यसबारे जानकारी गराइन्छ, तर कार्यान्वयन हुँदैन ।

“छिटो र मिठोका हिसाबले पनि जंकफुड विद्यार्थीको रोजाइमा पर्छ,” उनले भने, “जंंकफुडलाई रोक्न सकिएन, कन्टोल गर्न सकिएन । अझ खाजा कार्यक्रममा सहभागी हुनेबाहेकका ६–१२ कक्षाका विद्यार्थीको रोजाइ जंकफुड हुने गरेको छ ।”

विद्यालयमा बनाइएको खाजा नखानेले बाहिरका खाने गरेका छन् । जंकफुड रोक्न विद्यार्थीलाई जानकारी गराउने गरिएको छ, तर मान्दैनन् । लागेको बानी हटाउन गाह्रो हुने भूमेश्वरीका प्रधानाध्यापक जोतीको अनुभव छ ।

“अभिभावकलाई पनि भन्ने गरेका छौँ, कतिपय विद्यार्थी त्यस्ता खानेकुरा नभई विद्यालय नै आउँदैनन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro