site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लामा आज बाढीको उच्च जोखिम
महाकाली नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र डोटी भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लामा बाढीको उच्च जोखिमको पूर्वानुमान गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा क्रियाकलाप नगर्न सचेत गराएको छ ।

दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, अछाम, बाजुरा र बझाङ भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

भोलि बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बाँके, सुर्खेत, दैलेख, अछाम, बाजुरा र बझाङ बहने अधिकांश साना नदीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरिएको छ ।

अबका तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । भोलि ती नदीहरूको जलसतह सतर्कता तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

Mahakali-nadi-1720395956.jpg

b1-1726111201.jpeg

b2-1726111201.jpeg

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro