site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । 

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ । 

विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro