site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलाडीसँग प्रधानमन्त्री ओलीको आग्रह : एसियन गेमलाई 'टार्गेट' बनाएर तयारी थाल्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको एसियन गेमलाई लक्षित गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ओलम्पिक, साउथ एसियन गेमलाई लक्षित गरी तयारी गर्न आग्रह गरे । नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको भन्दै खुसी व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

उनले नेपालसँग खेलकुदका लागि पर्याप्त श्रोत साधन नभए पनि निरन्तरको अभ्यास र मेहनतले एकदिन अवश्य सफलता हाँसिल गर्ने विश्वास व्यक्त गरे। सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोसिस गरेको पनि उल्लेख गरे । आफू यसअघि प्रधानमन्त्री हुँदा भूकम्पबाट दशरथ रंगशालासहित विभिन्न रंगशालाहरू भत्किएको र तत्काल निर्माण गरी १३औँ साग सञ्चालन गरेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले भने, "हामीसँग पर्याप्त साधन स्रोत छैन । सुविधा छैन । सरकार पनि अफ्ठ्यारो स्थितिमा छ । तैपनि हामीले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोसिस गरेका छौँ । अब हाम्रो टार्गेट, जापानको एसियन गेम छ । त्यो हुनुपर्छ । ओलम्पिक, साउथ एसियन गेम टार्गेट हुनुपर्छ । हाम्रा खेलाडीहरूले जित्नुहुनेछ, जित्दै जानुहुनेछ ।"

प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोसेढुंगा सावित भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro