site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हप्तादिनमै सयभन्दा बढी पञ्च ईभी ग्राहकलाई हस्तान्तरण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो’ सार्वजनिक गरेको टाटा पञ्च ईभी हप्तामै एकसय बढी युनिट डेलिभरी गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले काठमाडौंबाटै एकसय बढी टाटा ईभी ग्राहकलाई प्रदान गरेको हो ।

पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र बुकिङ गरेका ग्राहकलाई चाँडै गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । साथै, पन्च ईभीको रिजनल लन्च विर्तामोडबाट सुरु भइसकेको उनले जानकारी दिए । टाटा पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्