site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैँ–तिहारलाई लक्षित गर्दै केन्ट आरओ वाटर प्युरिफायरको अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यस वर्षको दसैँ र तिहारलाई लक्षित गरेर ग्राहक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्युरिफायरहरू खरिद गर्ने ग्राहकले सीजी ब्रान्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहारस्वरूप पाउने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

'यो दसैँ–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौँ' नारासहित प्रस्तुत गरिएको योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

केन्टका उत्पादित आरओ प्युरिफायरहरूले १०० प्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्ने बताइएको छ । प्युरिफायरमा रहेको यूभी इन ट्यांकर र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिने बताइएको छ ।

यो योजना भदौ २३ देखि सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना केन्टका सबै आरओ मोडेलमा लागु भएको बताइएको छ, जसमा केन्ट ग्रान्ड प्लस, केन्ट पर्ल र केन्ट ग्रान्ड स्टारजस्ता मोडेलहरू समावेश छन् ।

केन्ट ब्रान्डका अन्य उत्पादनहरूजस्तै एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि नेपाली बजारमा उपलब्ध छन् । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्