site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङको नाममा प्रतिष्ठान बनाइने, पुष्पलाल प्रतिष्ठान माधव नेपालले लगेको भन्दै ओलीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमनमन्त्री केपी शर्मा ओलीले स्वर्गीय सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा संविधानसभाका अध्यक्ष नेम्वाङको पहिलो स्मृतिसभामा त्यस्तो घोषणा गरेका हुन् ।

प्रतिष्ठानको नाम, को–को रहने भन्ने पूर्णता सचिवालय बैठबाट दिइने उनले बताए । ओलीले प्रतिष्ठान नेताहरूको आदर्शअनुसार चल्नसक्नुपर्ने पनि बताए ।

“प्रतिष्ठान बनायो, छोड्यो होइन । प्रतिष्ठान समातेर बस्यो केही नगर्‍यो होइन । नेताहरूको नामको प्रतिष्ठान नेताहरूको नामको आदर्श, विचार, हिँडेको बाटो, नेताहरूको आचारण, गतिशील इच्छा आकांक्षा र प्रवृत्ति अनुरूप चल्नुपर्दछ,” उनले भने ।

त्यसो भएमात्रै प्रतिष्ठानको औचित्य हुने ओलीको भनाइ छ । अहिले भएका निष्क्रिय प्रतिष्ठानलाई सक्रिय बनाउने बताए । 

नेताहरूको नामको प्रतिष्ठान देशका लागि नभएर कब्जा गरेको टिप्पणी ओलीको छ । उनले पुष्पलाल प्रतिष्ठान माधवकुमार नेपालले निजी सम्पत्ती जसरी लगेको भन्दै आपत्ति जनाए ।

“पुष्पलाल प्रतिष्ठान पार्टीले बनायो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छे अध्यक्ष भए । पार्टीलाई सरक्क छोड्नुपर्ने ठाउँमा निजी पोपर्टीजस्तो...,” ओलीले भने, “पुष्पलालजी फुट्नुभएको हो र ? माधव नेपाल पो फुट्या हो त । पुष्पलाल प्रतिष्ठान बोकेर लेर जाने ?”

उनले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल खोलिएकामा पनि असन्तुष्टि व्यक्त गरे । “मदन भण्डारीका विचारहरू पढाउने, सिकाउने गरेर त्यसलाई दुरुपयोग गरेका छन्,” उनले भने ।

उनले कसैलाई कब्जा गरेर बस्न नदिइने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro