site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा फेरि बल्झियो ‘हिंसा’, माओवादीले सभामुखमाथि पनि उठायो प्रश्न 

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘हिंसा’ फेरि बल्झिएको छ । भदौ १२ गते विशेष समयमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका थिए ।

त्यसबेला माओवादी र एमालेका नेता सांसदहरु भनाभनमा उत्रिएपछि सभामुख देवराज घिमिरेले छानिबन गर्ने आश्वासन दिएर बैठकको कामकारबाही अघि बढाएका थिए ।

बुधबारको बैठकमा शून्य समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउननपर्ने निर्णय सुनाएपछि माओवादी सांसदहरु फेरि आक्रोशित बनेका थिए ।

“०८१ भदौ १२ गतेको बैठकमा योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेको सो शब्द सो शब्द असंसदीय रहेकाले रेकर्डबाट हटाइयोस् भन्ने माओवादी प्रमुख सचेतकको धारणा अनुसार भदौ १८ गतेको कार्यव्यवस्था बैठक, सचिवालयको रायसमेतको आधारमा हिंसा असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनुनपर्ने जानकारी गराउँछु,” सभामुखले आफ्नो राय सुनाउँदै भनेका थिए ।

त्यसपछि फेरि माओवादी प्रमुख सचेतक पाण्डेले सभामुखको निर्णय मान्य नहुने भन्दै आपत्ति जनाए । त्यसपछि एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको थियो । माओवादीका नेता देवेन्द्र पौडेलले सभामुखलाई प्रश्न गर्दै संविधानको कुन भाग वा धारामा हिंसा शब्द छ भनेर प्रश्नसहित आपत्ति जनाएका थिए ।

“सम्माननीय सभामुखले भन्नुभएको शब्दप्रति हामी सब्रैको गम्भीर आपत्ति छ,” पौडेलले भने, “यो संविधानको (प्रस्तावना पढ्दै) कुन भावमा हिंसा भन्ने शब्द छ ?”

पौडेलले बोलेपछि पनि माओवादी सांसदले अवरोध जारी राखेपछि सभाभुखले रुलिङमा आपत्ति हो वा के विषय भनेर माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएका थिए । 

त्यसपछि पाण्डेले राज्यले स्वीकरा गरेको राजनीतिक आन्दोलनलाई हिंसा भन्ने कुरा माओवादीलाई स्वीकार नभएको र सभामुखका निर्णय पनि स्वीकार नभएको जवाफ दिए ।  माओवादीले सभामुखमाथि प्रश्न माथि प्रश्न थप्दै अवरोध जारी राखेपछि सभामुखले प्रतिपक्षले सदन चलाउन सहयोग नगरेको घोषणा गरे ।

“माननीय सदस्यहरु तपाईंहरुले सदन संचालनका लागि सहयोग गर्नुभएन,” सभामुख घिमिरेले भने, “आजको कार्यसूचीमा रहेका बाँकी सम्पूर्ण कार्यक्रमहरु सूचीबाट हटाइएको जानकारी गराउँछु ।” 

उनले त्यति भनेर संसद् बैठक भदौ ३० गते आइतबार १ बजेसम्मका लागि स्थगित गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro