site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखको रुलिङलाई माओवादीको चुनौती– हिंसा शब्द कुन संविधानमा लेखिएको छ ?

काठमडौं । नेकपा माओवादी केन्द्रले सभामुखको निर्णयमाथि चुनौती खडा गरेको छ । सभामुख देवराज घिमिरेले ‘हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने’ निर्णय सुनाएका थिए । 

सभामुखको उक्त निर्णयपछि सदनमा आरोप प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाटब बोल्न सभामुख घिमिरेले देवेन्द्रराज पौडेललाई बोल्न समय दिएका थिए । पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधानमा हिंसा शब्द देखाउन आग्रह गरे । 

“सम्माननीय सभामुखले भन्नुभएको शब्दप्रति हामी सबैको गम्भीर आपत्ति छ,” पौडेलले भने, “तपाईंहरू सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नमान्नु होला तर हामी मान्छौँ ।” 

पौडेलले संविधान विपरीत जाने छुट कसैलाई पनि नभएको बताए । “टीआरसी सर्वसहमतिमा अघि बढेको छ । तर, तपाईंहरुले शान्ति प्रक्रियालाई बिथोल्न खोज्नुभएको हो ?,” प्रश्न गर्दै पौडेलले भने, “यो प्रकारको विगत बल्झाएर शान्ति प्रक्रिया बिथोल्ने गरी शब्द प्रयोग नहुन् ।”

उनले कानुन, नियम र प्रणाली विपरीतका शब्द प्रयोग नगर्न सभामुखलाई आग्रह गरे । माओवादी आन्दोलनलाई शसस्त्र संघर्ष भनेर स्वीकार गरेको भन्दै सभामुखको अभिव्यक्ति आपत्तिजनक भएको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro