
काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरेर १० लाख रुपैयाँ नगद जित्न सक्ने छन् ।
साथै, 'चुज योर स्किम'अन्तर्गत ग्राहकहरूले १० हजारसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने छन् । यसै योजनाअन्तर्गत १२ हजार ५०० बराबरको पाँचवर्षे एएमसी प्याकेज अथवा ‘बाई वान, गेट वान सर्भिसिङ’ सात वर्षसम्म सित्तैमा पाउन सक्ने योजना पनि रहेको छ ।
साथै, होन्डाका बिग बाइकहरूमा एक लाख रुपैयाँसम्म छुट पाउन पनि सकिने बताइएको छ ।
अफर योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीको छ । योजना ईजी फाइनान्समा पनि लागु हुने बताइएको छ ।