राजनीति

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले दिएको राजीनामा स्वीकृत भएको छ । आज मुख्यमन्त्री चेतनारायण आचार्यले कुर्मीको राजीनामा स्वीकृत गरेका हुन् ।
बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।
मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । रासस
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्