site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेंगी र हैजाको ‘हब’ बन्यो काठमाडौं उपत्यका, देशभर साढे ७ हजार डेंगी संक्रमित  

काठमाडौं । पछिल्लो दुई महिनायता देशभर डेंगी संक्रमण बढ्दै गएको छ । काठमाडौं उपत्यका यो अवधिमा डेंगी र हैजा संक्रमणको ‘हब’ बनेको छ ।
 
उपत्यकामा जुलाई दोस्रो सातादेखि फैलिएको हैजा संक्रमण अझै पनि देखिइरहेको छ । ११ सेप्टेम्बरसम्म ललितपुरमा ५२ र काठमाडौंमा १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

यी दुईसहित, कैलाली, मकवानपुर, रोल्पा, प्युठान र सिन्धुपाल्चोकमा ६ सेप्टेम्बरसम्म ८० जना हैजा संक्रमित भएका छन् । डेंगी संक्रमणका हिसाबले पनि काठमाडौं अहिले चौथो नम्बरमा छ । काठमाडौं जिल्लामा मात्रै सन् २०२४ जनवरीयता ६२० जना संक्रमित भएका छन् । सप्टेम्बर १ देखि ६ सम्म ७४ जनामा डेंगी पुष्टि भएको छ । 

ललितपुरमा १४४ र भक्तपुरमा ९४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

सेप्टेम्बरका ६ दिनमा मात्रै देशभर ८०५ जना डेंगी संक्रमित भएका छन् । योसँगै देशभर संक्रमतिको संख्या ७ हजार ६४० पुगेको छ । 
हालसम्म सबैभन्दा धेरै तनहुँमा एक हजार २३६, कास्कीमा ९३५ र पर्वतमा ७१७ जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमतिको संख्या २०० भन्दा कम छ । 

७५ जिल्लामा फैलिएको संक्रमणबाट यो वर्ष पाँचजनाको मृत्यु भएको ईडीसीडीको तथ्यांक छ । यो वर्ष हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको छ ।
 
विगतका वर्षहरूको रेकर्डलाई हेर्दा अगष्ट र सेप्टेम्बरमा सबैभन्दा धेरैमा डेंगी संक्रमण देखिएको छ ।  यसपटकको अवस्था हेर्दा अक्टोर अन्तिमसम्म नै डेंगीको जोखिम रहेको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

सन् २०२३ मा अगष्टमा सबैभन्दा धैरै १४ हजार ५३२ जना संक्रमित थपिएका थिए । 
 
यस्तै सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८ जना संक्रमित भएकामा नोभेम्बरदेखि भने यो संख्या घट्दै गएको ईडीसीडीको तथ्यांक छ । “यो तथ्यका आधारमा अगष्ट र सेप्टेम्बरमा संक्रमण उच्च जोखिम भए पनि अक्टोबर अन्तिमसम्म नै संक्रमण फैलिनसक्ने देखिन्छ, मौसमले पनि यसलाई फेभर गर्छ,” उनले भने । 

डा. दाहालका अनुसार मनसुनको सुरुआतमा त्यसअघिदेखि नै जम्मा भएर बसेका लामखुट्टेका अण्डा प्रजनन् हुने भएकाले त्यो मौसममा संक्रमण बढी देखिन्छ । ठूलो पानी पर्दा लार्भाहरू बगाएर लैजाने भए पनि पानी पर्ने घाम लाग्ने भइरहँदा लार्भा विकास हुन अनुकूल तापक्रम बन्ने भएकाले अगष्ट सेप्टेम्बरमा लामखुट्टेको वृद्धि विकास बढी हुन्छ ।

तर, डेंगीको जोखिम भने पोष्ट–मनसुनसम्म नै रहने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरवहादुर पुनको अनुभव छ । यसअघिका वर्षहरूमा काठमाडौंमा मंसिर पुसमा समेत डेंगीका बिरामीको उपचार गरेको उनी सुनाउँछन् ।
 
विज्ञहरूका अनुसार डेंगी संक्रमण सार्ने एडीस  प्रजातिको लामखुट्टे २० डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्न सक्छ । यो घाम बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro