site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई रवि लामिछानेले भने– जे गर्दै हुनुहुन्छ, घातक हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए गलत हुने बताएका छन् । मंगलबार साँझ बालुवाटारमा ओलीसँग भएको भेटमा आफूले उपसभामुखलाई हटाउने कदम घातक हुने बताएको उनको भनाइ छ ।

पार्टीको सचिवालय बैठकपछि उनले भने, “गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । सरकारका प्राथमिकता धेरै छन् । दुई तिहाइ शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा पक्कै बुझ्नुहुन्छ होला,” उनले सुनाए, “यदि हो, सत्य हो भने जे सोचिरहनुभएको छ । यो गलत छ, घातक हुन्छ भनेर बताएँ ।”

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले छलफल गर्ने बताएको उनको भनाइ छ ।

सत्तारूढ दलले उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेको छ । राजीनामा नदिए पदीय आचरणसम्बन्धी प्रस्ताव ल्याएर हटाउने सत्ता गठबन्धनको तयारी छ । सोही विषयमा रास्वपाले आपत्ति जनाउँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro