site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘साम्बाला’ले मल्टिप्लेक्समा कति पायो शो ?

काठमाडौं । चलचित्र ‘साम्बाला’ले मल्टिप्लेक्समा उच्च शो पाएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रले क्यूएफएक्समा ४५ शो पाएको छ । 

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले काठमाडौं उपत्यका र बाहिर गरेर जम्मा ४५ शो दिएकाे हाे ।  

काठमाडौं उपत्यकामा हलमा २८ र बाहिरका हलमा १७ शो पाएको हो । मिनबहादुर भामले निर्देशन गरेको चलचित्र आइतबार काठमाडौंमा प्रिमियर भएको थियो । यो चलचित्र हेर्न बलिउड अभिनेता नवाजुद्धिन सिद्दिकी र निर्देशक अनुगराग कष्यप नेपाल आएका थिए । 

माइनस २५ डिग्री तापक्रममा खिचिएको थियो ‘साम्बाला’ 

साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । 

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ । चलचित्रको कथा मिन भाम र अभिनास विक्रम शाहले लेखेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro