site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइनस २५ डिग्री तापक्रममा खिचिएको थियो ‘साम्बाला’ 

काठमाडौं । चलचित्र ‘साम्बाला’ भदौ २८ देखि रिलिज हुँदैछ । मिन भामले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मा, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायत छन् । 

‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको थियो । बर्लिनको प्रमुख प्रतिस्पर्धातर्फ छनोट हुने यो पहिलो नेपाली चलचित्र हो । 

लोकार्नो फिल्म फेस्टिभलमा छनोट भएको यो चलचित्रले अवार्ड समेत जितेको थियो । अभिनेत्री थिन्लेले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ जितेकी थिइन् । 

‘साम्बाला’ उच्च हिमाली क्षेत्रमा खिचिएको चलचित्र हो । डोल्पाको माथिल्लो बेल्टमा खिचिएको चलचित्र चार हजार मिटरभन्दा माथि छायांकन भएको थियो । 

माइनस २५ डिग्री सेल्सियस तापक्रममा पनि चलचित्र खिचिएको निर्देशक मिनले बताएका छन् । “यो चलचित्र हामीले माइनस २५ डिग्री सेल्सियसमा पनि खिचेका छौँ । अधिकांश समय तापक्रम माइनस २० देखि २५ हुन्थ्यो,” मीन बाह्रखरीसँग भन्छन्, “घाम लागेको समय दिउँसो बढीमा ५ डिग्री सेल्सियस हुन्थ्यो ।” 

‘साम्बाला’ गत वर्षको मे र जुनमा डोल्पामा खिचिएको थियो । थुप्रै ग्रान्ट जितेको चलचित्रको लगानी करिब १५ करोड रुपैयाँ रहेको मिनले बताएका छन् । 

चलचित्रले बहुपति प्रथाको पृष्ठभूमिमा तयार पारिएको कथा भन्छन् । मिन र अविनाशविक्रम शाहले चलचित्रको कथा लेखेका हुन् ।  
 
हराएको श्रीमान् खोज्न देवरलाई सँगै लिएर निस्किने क्रममा गर्ने यात्रा र यात्राका क्रममा उनीहरू दुईको जीवनमा आउने परिवर्तन चलचित्रको मुख्य कथा हो । 

यसैबीच, चलचित्र ‘साम्बाला’ हेर्न बलिउड निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दिकी नेपाल आउँदै छन् । ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन् । उनीहरू भाेलि बिहान काठमाडाैं आउने छन् ।

‘साम्बाला’ भदौ २३ गते काठमाडौंमा प्रिमियर हुँदैछ । उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्माणपक्षले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro