site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनीको उडान, २९औँ स्टोर चितवनको टाँडीमा 

काठमाडौं । पोखराको तालचोकमा भूमि पुजन गरेर २८औँ स्टोर सञ्चालनको तयारी गरेको भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ ।

पोखरामा तीन दिनअघि भाटभटेनीले २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको थियो । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

bhtadi64-1726025709.JPG
 

एक वर्षभित्रैमा उनले उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए । कोभिड होस् वा आर्थिक संकटको समय भाटभटेनीले आफ्नो उडान जारी राखेको छ ।

bttadi3-1726025709.JPG
 

कोरोनाकालमा इटहरीदेखि झापासम्म स्टोर बनाएर सञ्चालनमा ल्याएको भाटभटेनीले यो २९औँ स्टोरले चितवनको टाँडी क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने जनाएको छ ।

टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित सात तलाको हुनेछ ।

एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ ।  चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ ।

bhtadi4-1726025708.JPG
 

यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ । उनीहरुले आफ्नो अध्ययनलाई जारी राखेर काम गर्न पाउनेछन् ।

अहिले काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइए पनि अब छिट्टै काठमाडौंबाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमाजस्तै पार्ट टाइम कामको व्यवस्था गरिएको जनाएको छ ।

bhtadi5-1726025708.JPG
 

अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यो रोजगारी सिर्जना गरिएको हो । कम्तिमा पनि दुई हजार जनालाई देशभर यसरी नै रोजगारी प्रदान गर्ने जनाइएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्नेछन् ।

bh2-1726026488.JPG

bh1-1726026488.JPG

bh3-1726026488.JPG

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro