site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मादी नदीले बगाउँदा बालक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–३, स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा व्यास नगरपालिका–३, देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

उनले भने, “नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन । खोजी जारी छ ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro