देश
काठमाडौं । काठमाडौं महानगरपालिका–११, भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एकजनाको शव भेटिएको छ ।
सो गेष्ट हाउसको तीनतलाको कोठा नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि पठाइएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्