site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडा जाने नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलाका लागि क्यानडा जाने टोलीको बिदाइ गरेको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमबीच नेपाली टिमको बिदाइ गरेको हो । नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, क्रिकेट म्यानेजर विनोद दास, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ लगायतको उपस्थितिमा बिदाइ गरिएको हो ।

सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय शृंखलामा नेपाल, घरेलु टोली क्यानडा र ओमान छन् ।

नेपालले सेप्टेम्बर १६ मा क्यानडासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ ।

एकदिवसीय शृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ । शृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै शृंखला हुनेछ ।

बिदाइ कार्यक्रममा क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro