राजनीति
काठमाडौं । ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो । विधेयकमा सार्वजनिक सेवा प्रसारक संस्थाहरूलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २६ गते बुधबार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १९:१०
प्रतिक्रिया दिनुहोस्