site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमविरुद्ध आर्मीको १४ गोल

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध जारी लिगकै सबैभन्दा ठूलो जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आर्मीलाई जित दिलाउन दीपा शाहीले पाँच गोल गरिन् । अनिता लम्जेलले दुई गोल थप्दा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सविता देवी मगरले समान एक गोल थपे । आर्मीले अर्को एक गोल भने सुदूरपश्चिमबाट आत्मघाती गोल उपहार पाएको थियो ।

सुदूरपश्चिमले पनि आर्मीकै एक खेलाडीबाट आत्मघाती गोल उपहार पाएको हो ।

खेलको पहिलो हाफमा आर्मीले आठ गोल र दोस्रो हाफमा ६ गोल थपेको हो । सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीकी निलम सिंहबाट आत्मघाती गोल उपहार पाएको हो ।

यो जारी लिगकै सबैभन्दा ठूलो जित हो । जितसँगै तीन खेलबाट आर्मीले ६ अंक जोडेको छ । समान खेल खेल्दा पनि सुदूरपश्चिम तालिकाको पुछारमा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro