site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका सेवामा छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा ब्लु क्रसका सदस्यसचिव रजत श्रेष्ठ र प्रभु बैंकको वाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दीपेन्द्रबाबु विष्टले हस्ताक्षर गरे ।

यसअन्तर्गत प्रभु बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले ब्लु क्रसमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायत सेवामा ५०० देखि १२ सय रुपैयाँसम्म छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

Argakhachi Cement Island Ad

छुट सुविधा प्राप्त गर्न प्रभु बैंकका डेबिट, क्रेडिट, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

‘बैंक अफ दी इयर २०२३’ उपाधि पाएको प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्