site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी सांसदको आरोप– चौध करोड पचाउन धनराज गुरुङले सम्बन्धविच्छेद गरे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले गुरुङ केही समयअघि सम्बन्धविच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको बताए ।

चौध करोड पचाउनका लागि मात्रै गुरुङले कानूनीरूपमा सम्बन्धविच्छेद गरेको उनको आरोप छ । 

दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने पनि बताए ।

उनले सहकारी छानबिन समितिमा सहकारी ठगीसम्बन्धी प्रयाप्त प्रमाणहरू जुटेको भन्दै कारबाहीका लागि सिफारिस गरिने बताए ।

छानबिन समितिका सदस्यसमेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखेर अन्तिम प्रतिवेदन तयार गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro