राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले उपसभामुख इन्दिरा रानालाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने बताए ।
उनले प्रश्न उठेपछि पूर्वअर्थमन्त्री रामशरण महतले राजीनामा दिएको सुनाए । यादवले संसद्ले उपसभामुखलाई फिर्ता बोलाउने अधिकार राख्ने समेत बताए ।
“उपभामुखमाथि आवाज उठ्दै आएको छ । संसद् जसलाई पठाउने अधिकार राख्दछ । फिर्ता बोलाउने अधिकार पनि राख्दै छ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्