site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक : प्रचण्ड
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् ।

माओवादी केन्द्र मिर्चैया नगर समितिले मंगलबार बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको संघर्षका बलमा जारी संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु नागरिकको दायित्व भएको बताए ।

०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिका रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकामा उनले जनतालाई धन्यवाद दिए । उनले संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ, सहयोग आवश्यक हुने बताए ।

Dabur Nepal
NIC Asia

मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको उनले स्मरण गरे । संविधानले उत्पीडित समुदायको अधिकार निश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि उनले बताए ।

“जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ,” उनले भने, “संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ । अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ । यसमा जनताको साथ, सहयोग अपरिहार्य छ ।”

अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार, पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उनले उल्लेख गरे । त्यसका विरुद्ध सबै जनता र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

आफूले सरकारको नेतृत्व गर्दा वर्षौँ पुराना तराई मधेसका समस्यालाई ध्यान दिएर काम गरेको उनले बताए । उनले भने, “हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ । मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेन्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ ।”

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेन्डालाई निरन्तर अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । उनले जनताका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेन्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए । त्यसका निम्ति स्थानीय पार्टी कमिटीलाई आवश्यक योजना बनाएर अघि बढ्न उनले निर्देशन दिए ।

त्यसअघि, अध्यक्ष प्रचण्डले सिरहाकै गोलबजारमा स्थानीयसँग छलफल गर्दै आफूले सुरु गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । समग्र मधेसी जनताका अधिकारको संघर्षमा सधैँ साथमा रहने उनले दृढता व्यक्त गरेको निजी सचिवालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu