site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा ‘हुन्डी’को जालो ! कसरी विदेसिँदै छ नेपाली धन ?
फाइल तस्बिर ।

अष्ट्रेलिया । झन्झन्टिलो प्रक्रियाका कारण अष्ट्रेलियामा रहेका नेपालीहरू ‘हुन्डी’ मार्फत् पैसा पठाउँछन् । अष्ट्रेलियाबाट मात्र दिनहुँ १० देखि १२ करोड रुपैयाँ ‘हुन्न्डी’ मार्फत् नेपाल पठाउँँछन् ।

कानुनी बाटो हुँदै लगभग नगन्य मात्रामा पैसा नेपाल पठाइन्छ । हुन्डीबाट पैसा पठाउँदै आएता पनि यसका जालोका विषयमा जनस्तरमा खासै चासो नरहेको देखिन्छ । सामाजिक सन्जालमा यत्रतत्र फैलिएका हुन्डीवालका खातामा पैसा हालेको दुई घन्टामा पैसा नेपालको खातामा पुग्ने भएकाले हुन्डी सजिलो माध्यम बनेको छ ।

आफ्नो परिचयपत्रसहित नेपाल पठाएको पैसा कसरी पुग्छ भन्ने विषयमा पनि उनीहरू अनभिज्ञ देखिन्छन् । दुई चार सयको लोभले कतै कानुनी परिबन्दमा त परिने होइन ? यो सवाल पनि यतिखेर महत्वपूर्ण बनेको छ । 

अस्ट्रेलियाबाट विदेशमा पैसा ट्रान्सफर गर्दा यहाँको सरकारी निकाय ‘ट्रान्जेक्सन रिर्पोर्टस एन्ड एनलाइसीस सेन्टर’ (अस्ट्रयाक)मा दर्ता हुनुपर्छ । सम्बन्धित बैंकहरूले पनि विदेशमा हुने पैसा रकमान्तरको प्रतिवेदन (अस्ट्रयाक) लाई पठाउनुपर्छ ।

यस्ता झन्झन्टिलो प्रक्रियामा फँस्न नचाहने हुँदा सकेसम्म मनी ट्रान्सफर कम्पनीहरूको खाता लामो समयसम्म टिक्दैन । नयाँ नयाँ कम्पनी दर्ता गरी प्रायः सबैजसो बैंकमा खाता खोल्ने र (अस्ट्रयाक)मा दर्ता गरी सुरु गरिने यो ब्यापार अष्ट्रेलियाको निकै ठूलो धन्दा बनेको छ ।

यताबाट पैसा पाउने र पठाउनेको नाम ठेगाना र फोन नम्बरसहितको प्रतिवेदन (अस्ट्रयाक) मा पठाएर यसलाई वैध बनाएपछि नेपाल पठाउन उठाइने पैसा हङकङ र ग्वन्जाउ अनि अन्य शहरहरूमा पठाउने गरिन्छ । 

पछिल्लो समय हुन्डीवालहरू सुन र क्रिप्टोमा पनि हुन्डी प्रयोग गरेको खुलासा भएको छ । यदि बैंकमार्फत उक्त रकम सिँधै नेपाल पठाउने हो भने त्यो ट्रान्सफरलाई अष्ट्रेलियन सरकारले दिएको नीति नियमभित्रको वैध कारोबार भन्न मिल्छ ।

नेपाल पठाउने भनेर पैसा उठाउने नाम, ठेगाना र फोन उल्लेख गरिने तर पैसा भने अन्य देशंमा जाने विषय आफँैमा बेइमानी हो ।

कारोबारीले पैसालाई उतै तह लाउने र यताबाट पठाएको पैसा हङकङ र चीन पठाउँदै कमिसन खाइरहँदा पनि नेपालका सरकारी निकायले कारबाहीका दायरामा ल्याउन सकेको पाइँदैन ।

यतिखेर हुण्डीको स्वरुपमा केही परिवर्तन आएको छ । पहिले नेपालमा नगदमा कारोबार हुने हुण्डीले यतिखेर निजी बैंकहरूको पश्रय पाएको छ । यहाँबाट उठाएको रकम कहाँ पुग्छ थाहा हुँदैन । तर पाउने ब्यक्तिहरूका खातामा भने ४८ घन्टाभित्र पुग्ने गर्छ । 

नेपाल पठाउन उठाइने तर नपुग्ने यस्ता रकमहरूले मुलुकलाई दुइ प्रकारले मारमा पारेको सिडनीका एक ब्यवसायी बताउँछन् । 

ती व्यवसायीका अनुसार, एकातिर मुलुक नपुगेपछि सिँधा रुपमा राज्यले प्राप्त गर्ने राजस्व छलिन्छ भने अर्कातिर अवैध रुपमा ब्यापारीका हातमा डलर पुगेपछि त्यही डलरमार्फत भन्सार छलीका सामान भित्र्याउने काम हुन्छ । दुई लाखको एलसी (प्रतीतपत्र) खोलेर पाँच लाख डलरको सामान आयात गर्ने ब्यापारीले कति भन्सार छल्छ र राज्यलाई कति घाटा होला त्यो सहजै अनुमान लगाउन सकिन्छ ।

त्यतिमात्र होइन, यहाँबाट सम्बन्धित ब्यक्तिको नाममा पठाइएको रकम कहीँ कतै अर्को देश पठाउँदा आतंकवाद गतिविधिमा जोडियो भने उनीहरू सिँधै कसुरदार ठहरिने खतरा पनि हुनसक्छ । 

सबैभन्दा खतरनाक खेलका रुपमा मुलुकबाट नेपाली अरबौ रकम समेत हुण्डीमार्फत विदेशिएको देखिन्छ । नेपालबाट विदेशमा पैसा लान नपाइने मुलुकको कानुनी प्रक्रियालाई ठाडो चुनौती दिँदै दोहोरो कमिसनको खेल चलिरहेको छ । 

अष्ट्रेलियामा नेपाल पठाउन उठाइने रकम यही कसैलाई उपलब्ध गराइन्छ, जो नेपालबाट यहाँ रकम खोजिरहेका हुन्छन् । जसले एकातिर नेपालमा डलर पुग्दैन र नेपालमा नेपाली रुपैयाँ दिइन्छ । यसले नेपालमा कालो धनलाई सेतो पार्ने खेल बनेको छ ।
 
यहाँका हुण्डीवालले नेपालका भ्रष्ट र कालाबजारीया र तस्करहरूसँग मिलेर ठूलो धनराशी अवैध बाटो हुँदै अष्ट्रेलिया भित्र्याउने काम समेत गरिरहेका छन् । जसमा यिनीहरूलाई मनग्गे आम्दानी हुने गर्छ । 

यतिखेर अष्ट्रेलिया मनी ट्रान्सफर ब्यापारीका लागि स्वर्गका रुपमा चिनिएको छ । पछिल्लो बीस वर्षदेखि यहाँ निर्वाध रुपमा यो कमाऊ धन्दा चलेको छ । 

यतिखेर दिनहुँ करिब १०–१२ करोड रुपैयाँ अष्ट्रेलियाका ‘मनी ट्रान्सफर’मार्फत नेपाल जाने गर्छ । तर धेरैले यो पैसा संकलन गरेपनि अन्त्यमा हातमा गन्न सकिने चार–पाँच जनाले मात्र सबै रकम बटुलेर कारोबार गर्दै आइरहेका छन् ।

हुन्डीवाल भनेर चिनिएका केही औलामा गन्न सकिनेहरूले सिड्नीमा चलाएको यो धन्दा देशभर चल्ने गर्छ । हरेक तीन महिनामा ट्रान्सफरको पैसा मनग्गे भएपछि ‘अस्ट्याक’ले रिपोर्ट माग्ने गर्छ । त्यसैबेला हुन्डीवालले आफ्नो बैंक खाता बन्द गरी नयाँ खाता खोल्ने गर्छन् । 

स–साना प्रलोभनमा आफन्त र सोझासाझा नेपाली विद्यार्थीको नाममा बैंकमा खाता खोली हुण्डीवालहरू पानीमाथि ओभानो बन्ने प्रयासमा लागेको पनि देखिन्छ । कथम्कदाचित् फसी हाले पनि सम्बन्धित बैंक खातावाल फँस्ने हुनाले उनीहरू अलग र फरक ब्यक्तिको खोजीमा रहन्छन् ।

पैसाको चलखेलकै कारण हुन्डीवालहरूको नेपालमा समेत प्रहरी र प्रशासनमा राम्रो पुहँच रहेको देखिन्छ । कतिपय हुन्डीवाल यहाँका प्रचलित बैंकमा समेत कालोसूचीमा परेको देखिन्छ । 

हुन्डीले केही फरक रुप लिने गरेको नाम नबताउने शर्तमा एक हुण्डी कारोबारी बताउँछन् । यहाँ उठाएको रकम यतै चिनियाँ व्यवसायीलाई दिने र हङकङ र चीनमा आरएमबी लिने नयाँ खेल प्रारम्भ भएको उनले ठोकुवा गरे ।

यसो गर्दा बैंकको झन्झटिलो प्रक्रियाबाट पनि बचियो र कमिसनमा पनि वृद्धि हुने नै भयो । राज्यले विधिवत् रुपमा पैसा पठाउने प्रक्रिया सहज नबनाएका कारण पनि हुण्डीवालहरूको यो अपारधन्दा सानदार चलेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro