site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लाका नदीमा बहाव बढ्ने
सेती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव सामान्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, गोरखा, लमजुङ, कास्की, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

पर्सि (बिहीबार) भेरी, पश्चिम सेती, तिनाउ र यसका सहायक नदीहरूमा जलसतह बढ्दो हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

b1-1725938614.jpeg

b2-1725938614.jpeg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro