site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीका सल्लाहकारको प्रस्ताव : पाँच हजारसम्मको अनलाइन भुक्तानीमा शुल्क नलिउँ
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पाँच हजार रुपैयाँसम्मको अनलाइन भुक्तानीमा शुल्क नलाग्ने व्यवस्थाको प्रस्ताव गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सानोतिनो कारोबारमा समेत ११ रुपैयाँ ३० पैसा शुल्क लाग्ने गरेको भन्दै यस्तो प्रस्ताव राखेका हुन् ।

Dabur Nepal
NIC Asia

“चिया खाएको, साग किनेको जस्ता साना कारोबारमा पनि ११ रुपैयाँ ३० पैसा काटिन्छ । १० रुपैयाँ तिर्दा २१ रुपैयाँ काटिने यस्तो त हुँदै भएन,” रिमालले लेखेका छन्, “मलाई यो गुनासो जायज लाग्यो । पाँच हजारभन्दा थोरै कारोबारमा यस्तो शुल्क नलगाउनु राम्रो हुन्छ कि ? सबैको सुझाव चाहन्छु ।”

उनले हाल सबैजसो ठाउँमा डिजिटल पेमेन्ट सिस्टम रहेको बताए । १० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरूले १० रुपैयाँ चार्ज लगाउने गरेको र त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिने गरेको भन्दै गुनासो आइरहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro