site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक सुधारको आधार तयार हुँदै : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसिया क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझाव ग्रहण गरेको र नयाँ पुस्ताका सुधार अघि बढाएको उनले उल्लेख गरे । ढकालले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए ।

Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

फाखौरीले सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको बताए । नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका निम्ति धेरै अवसर रहेको उनले उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro