site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इथानोलको उत्पादन र प्रयोगमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ ।

सोमबार राजधानीमा आयोजित छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले ०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको बताइन् ।

Dabur Nepal
NIC Asia

“२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ,” उनले भनिन्, “इथानोल बर्निङ पावरयुक्त तत्त्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउछ ।”

छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोग कार्यान्वयन गर्ने नीति बनाएको उनले उल्लेख गरिन् ।

इथानोल प्रयोग अमेरिकामा १०, ब्राजिलमा २७, भारतमा १५, चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको उनले जानकारी गराइन् । नेपाल पनि यसमा जान सक्ने उनले बताइन् ।

उनका अनुसार, भारतले सन् २०३० सम्म इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्‍याउनले लक्ष्य राखेको छ ।

नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उनले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro