site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनीको २८औँ स्टोर पोखराको तालचोकमा
SkywellSkywell

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ ।

२८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी काम थालेका छन् । भाटभटेनीका २७ वटा स्टोर यसअघि निर्माण सम्पन्न भइसकेर सञ्चालनमा आएका छन् ।

Dabur Nepal
NIC Asia

WhatsApp-Image-2024-09-09-at-9.59.36-AM-1725855410.jpeg

WhatsApp-Image-2024-09-09-at-9.56.46-AM-1725855410.jpeg

WhatsApp-Image-2024-09-09-at-10.00.17-AM-1725855410.jpeg

WhatsApp-Image-2024-09-09-at-9.30.02-AM-(1)-1725853682.jpeg
 

पोखरा महानगरपालिकामा यसअघि पनि भाटभटेनीले स्टोर सञ्चालनमा ल्याइसकेको छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई वटा स्टोर पोखरामामात्रै सञ्चालनमा ल्याउन लागिएको छ ।

विभिन्न क्षेत्रबाट पोखरामा बसाइँसराईको दर बढ्दो अवस्थामा रहेको र भाटभटेनीको अर्को स्टोर आवश्यकता देखेर तालचोकमा निर्माण गर्न लागिएको गुरुङले बताएका छन् ।यस २८औँ स्टोरमा पाँच सय जनाले रोजगारी प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । 

WhatsApp-Image-2024-09-09-at-9.30.29-AM-1725853682.jpeg
 

पर्यटकीय नगरीको रुपमा परिचित पोखरामा दोस्रो भोटभटेनीको सुरुवात हुन लागेको भन्दै स्थानीय, उद्योगी, व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

“पोखराको दिगो विकासमा यसले पक्कै पनि टेवा पुर्‍याउनेछ,” व्यवसायी अर्जुन पोखरेलले भने, “यहाँ भाटभटेनीको अर्को स्टोर खुल्नु पोखराका लागि गौरवको कुरा पनि हो । हामी भाटभटेनीका सञ्चालकलाई भित्रैबाट आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।”

WhatsApp-Image-2024-09-09-at-9.30.30-AM-1725853682.jpeg
 

२ लाख २५ हजार ६ सय स्क्वायर फिटसहित दुईवटा सिनेमा हल पनि उक्त भवनमा रहने भएको छ ।  करिब एक अर्ब लागतमा स्टोर सञ्चालनमा आउने छ ।  भूमि पुजन समारोहमा पोखराका उद्योगी, व्यवसायी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो ।

WhatsApp-Image-2024-09-09-at-9.17.12-AM-1725853681.jpeg
 

भाटभटेनीले कोभिडका बेला पनि मुलुकका विभिन्न स्थानमा आफ्ना स्टोर विस्तार गर्दै अघि बढेको थियो ।

WhatsApp-Image-2024-09-09-at-9.17.11-AM-1725853680.jpeg

WhatsApp-Image-2024-09-09-at-9.17.10-AM-1725853664.jpeg

WhatsApp-Image-2024-09-09-at-9.17.11-AM-(1)-1725853680.jpeg

WhatsApp-Image-2024-09-09-at-9.29.56-AM-1725853681.jpeg

WhatsApp-Image-2024-09-09-at-9.30.29-AM-1725853682.jpeg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu