site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटकको बसाइ लम्ब्याउन दियालो बंगला सहयोगी
SkywellSkywell

चितवन । सर्वसाधारणका लागि दियालो बंगला खुला गरेसँगै हालसम्म २३ हजार ५७४ जनाले अबलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि  बंगला सर्वसाधारणका लागि खुला गरिएको थियो । यही भदौ २२ गतेसम्म १२७ विदेशी पर्यटकले पनि  बंगला अवलोकन गरेका छन् ।  

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट २३ लाख ४४ हजार एक सय राजस्व संकलन भएको छ । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । 

Dabur Nepal
NIC Asia

भारत र चीनका पर्यटकका लागि रु एक सय ५०, तीबाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु रु दुई सय र अन्य मुलुकका पर्यटकका लागि रु तीन सय शुल्क तय गरिएको छ । उपप्रमुख अधिकारीले दैनिक घुम्न आउनेको संख्या बढ्दै गएको बताए । 

भरतपुर –१ मा दियालो बंगला छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरूको संख्या बढ्दै गएको बताइन् । यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढ्दै गएको उनको भनाइ छ । 
 
जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको संख्या बढेको हो । राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो यो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठककक्ष छ । बङ्गलाको भित्तामा पूर्व राजारानी तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । एक नम्बर खोपी रत्नराज्यको हो भने दुई नम्बर राजा र तीन नम्बर रानी, चार र पाँच राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वार्टर’ छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

महानगरप्रमुख प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताइन् । व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागिपरेको उनले जानकारी दिइन् । 

चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्ब्याउन बंगला सहयोगी हुने देखिएको छ । भरतपुर भ्रमण वर्षका अवसरमा महानगरपालिकाले नेपाल ट्रष्टसँग आग्रह गरेर सर्वसाधारणका लागि खुला गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu