site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी छानबिन समितिमा अर्थमन्त्री र गभर्नरले के भने ?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गभर्नर महाप्रसाद अधिकारीसहितसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणबारे छलफल गरेको हो ।

छलफलका क्रममा अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्त्वपूर्ण हुने बताउँदै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्त्वका साथ हेरिरहेको बताए ।

पौडेलले सहकारीबाट ऋण लिएकाहरूले तिर्न नपर्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा बताएका छन् ।

त्यस्तै, राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिएको थापाले जानकारी दिए ।

थापाका अनुसार, सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिमरूप दिने तयारी भइरहेको छ ।

यसअघि, समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकायसहितसँग छलफल गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro