site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दराज नेपालको ९.९ वार्षिक उत्सव अभियानको घोषणा 

काठमाडौं । अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यो कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड रुपैयाँबराबरको भौचर सुविधा प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।

यही सेप्टेम्बर ९ देखि ११ (भदौ २४–२६) सम्म चल्ने यो अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

Argakhachi Cement Island Ad

 ९.९ वार्षिक उत्सव अभियानको प्रमुख आकर्षणमध्ये एकका रूपमा खरिदकर्ताहरूले न्यूनतम मूल्य ४९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेतामार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरू संकलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिमलगायत साझेदार ब्रान्डमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरको मज्जा पनि लिन सक्नेछन् ।

यसैगरी, दराज एपमा दैनिक रूपमा अपडेट हुने फ्ल्यास सेल सेक्सनमार्फत खरिदकर्तालाई उत्पादनको खरिद गर्दा थप बचत गर्ने अवसर सदाझैँ कायम रहने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा बिक्रेता समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्