site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताए । 

उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताए । सभापति िदेउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै पलेशाको प्रशंसा गरे ।

"पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरूको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्," देउवाले भने ।

कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशालाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro