site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

काठमाडौं । सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)को घोषणा गरिएको छ । बीवाईडी अटोको नेपालका निम्ति आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी)को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा गरेको हो ।

फाउन्डेसनमा साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गरेको छ । यसबाहेक प्रत्येक बीवाईडी गाडी बिक्रीबाफत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उक्त घोषणा कार्यक्रममा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराइने बताए ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका निम्ति साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गरेको बताए ।

शिक्षा, स्वास्थ्य सेवा र दिगो विकासजस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने कम्पनीले जनाएको छ ।

यसरी जम्मा गरिएको सहयोग रकम र अरू सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउन समर्पित गरिने कम्पनीको भनाइ छ ।

बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले समुदायमा योगदान गर्न चालेको यो महत्त्वपूर्ण कदम भएको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्