site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘गरिबी निवारणका निम्ति लघुवित्त अपरिहार्य’

काठमाडौं । गरिबी निवारण तथा ग्रामीण अर्थतन्त्र विकासका निम्ति लघुवित्त अभियान अपरिहार्य भएको सरोकारवालाले बताएका छन् । पछिलो समय लघुवित्त खारेजीको नारा समेत लगाइन थालेको सन्दर्भमा उनीहरूले ग्रामीण अर्थतन्त्रको विकास एवम् गरिबी निवारणका निम्ति लघुवित्तको विकल्प नै नभएको जिकिर गरे ।

गएको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताले स्थानीयस्तरमा उत्पादन एवं उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा नागरिकको आर्थिक उन्नतिका निम्ति लघुवित्त अपरिहार्य भएकामा जोड दिएका हुन् ।

सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा समस्या देखिएको भए पनि सबै पक्ष मिलेर त्यो समाधान गर्न सकिने बताइन् । आन्दोलनका नाममा लघुवित्त संस्थालाई मात्र दोषी करार गर्न नमिल्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं माइक्रोफाइनान्स सुपरिवेक्षण विभाग प्रमुख विमलराज खनालले लघुवित्तको मर्मविपरीतका कार्य गरिँदा समस्या सिर्जना भएको बताए । पछिल्लो समय लघुवित्तका कर्मचारी एवं कार्यालयमा आक्रमणलगायत अवाञ्छित क्रियाकलाप हुन थालेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताए ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको ग्रामीण नागरिक, खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्तले गरेको उल्लेख गरे ।

नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले गरिबी अन्त्यका निम्ति लघुवित्त आवश्यक रहेकामा जोड दिए । यसको समस्या समाधानका निम्ति सञ्चालक तथा नियमनकारी निकायले समीक्षा र सुधार गर्नुपर्ने उनले बताए ।

रिजाल पुरस्कृत
सोही अवसरमा यो वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरियो । लघुवित्तका पिता भनेर परिचित स्व. डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार रिजालले प्राप्त गरेका हुन् । डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले रिजाललाई सम्मानपत्र र पुरस्कार राशिको चेक प्रदान गरे ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro