site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

मुम्बई । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।

स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका निम्ति राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने’ जनाइएको छ ।

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । त्यसलाई स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ ।

मणिपुरका पूर्वमुख्यमन्त्री स्व. मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार गरिँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा वृद्धि भएको जनाएको छ ।

मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका निम्ति भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानवअधिकारवादी समूहले लगाएका छन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro