site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो
भक्तपुरको सूर्यविनायक गणेश मन्दिरको दृश्य ।
SkywellSkywell

काठमाडौं । काठमाडौंको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दु धर्मावलम्बीले गणेशको जन्मदिनका रूपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यो पर्वलाई गणेश चौँथी पनि भनिन्छ ।

Dabur Nepal
NIC Asia

आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशको दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रमा गर्ने प्रचलन छ ।

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्रस्थानमा विराजमान गराई पहिलो पूजा गर्ने÷गराउने गर्छन् । यसो गर्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पूजारी अनिश श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकाका महत्त्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा जलविनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रूपमा जन्मिएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पूजारी श्रेष्ठले जानकारी दिए ।

गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रूपमा भक्तजन आउने गरेको छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu