site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा २१औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए ।

अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको उल्लेख गरे । देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, "हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरू हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम गर्‍यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्याऔँ । जनताको जीवनमा सकारात्मक अनुभूति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबैकुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभूति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशीलता दिएर अघि बढौँ ।"

प्रधानमन्त्री ओलीले जनतालाई पुर्‍याउने सेवामा कुनै पनि कारणले कमी हुन नदिन निर्देशन दिए ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro