site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साथी

हिरा खोजे हिरा मिल्छ सुन खोजे सुन
खोचमा पनि जिन्दगीले शिखर चुम्न खोज्छ
देउताजस्तो मन मिल्ने साथी भए पुग्छ ।

पर जाँदा परै पुगोस् नजिक हुँदा साथमा
राम्रो गर्न साथ मिल्ने हात राखोस् माथमा
देउताजस्तो मन बुझ्ने साथी भए पुग्छ ।

आफू विष पिए पनि अमृत वचन बोल्ने
भेट हुँदा मनका सबै पीरव्यथा खोल्ने
देउताजस्तो मन बुझ्ने साथी भए पुग्छ ।

नपुग्दा’नि पुगेसरि हात माथि पार्ने
दुःख पर्दा आफैँलाई झैँ उसका आँसु झर्ने
देउताजस्तो मन बुझ्ने साथी भए पुग्छ ।

कहाँ हुन्न उतारचढाव कसलाई हुन्न पीर ?
पैतालामा खिल पर्दा बनोस् ऊ झीर
देउताजस्तो मन बुझ्ने साथी भए पुग्छ ।

कसको हुन्न दुनियाँमा आफ्नोआफ्नो कर्म ?
आफ्नो गरोस्, फुर्सदमा बुझ्ने होस् मर्म
देउताजस्तो मन बुझ्ने साथी भए पुग्छ ।

(अस्ट्रेलिया)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro