site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा बोटको व्यापार चार गुणा बढ्यो, २६ गतेसम्म ७० प्रतिशतसम्म छुट

काठमाडौं । भारतको एक नम्बर अडियो तथा वेयरेवल ब्राण्ड बताउँदै आएको बोटले नेपाली बजारमा चार गुणा व्यापार बढेको बताएको छ । २०७९ साल फागुनमा नेपाल भित्रिएको ब्रान्डले टेलिटकसँग सहकार्यमा नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको बताएको छ ।

कम्पनीले पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्रान्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल भएको दाबी गरेको छ । कम्पनीले अहिले टीडब्ल्यूएस मोडल निर्भाण आईओएन, एयरडोप सुप्रिम र एयरडोप ९१ सँग वेभ कल २ स्मार्टवाच र पावर बैंक उपलब्ध गराइरहेको बताएको छ ।

बोटका उत्पादन नेपालभर एक हजारभन्दा बढी रिटेल तथा मोबाइल पसलमा उपलब्ध छन् । यस्तै दराजमा उपलब्ध बोटका ८० प्रतिशत बढी एसकेयूहरुले फोरस्टारभन्दा बढी रेटिङ प्राप्त गरेको छ ।

कम्पनीले टचप्वाइन्टबाट ग्राहकलाई वारेन्टीलगायत विभिन्न सेवा प्रदान गर्दै आएको बताएको छ । बोटले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म दराजमा ‘बोटहेडेडज’ नामक ब्रान्ड सेल वीक आयोजना गरेको छ । यसअवधिमा दराजबाट खरिद उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

1-(2)-1725619126.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro